सुबिसुद्वारा २०० परिवारका विद्यार्थीलाई सोलार वितरण
![सुबिसुद्वारा २०० परिवारका विद्यार्थीलाई सोलार वितरण](https://npcdn.ratopati.com/media/news/3_bxo7aip1q6.jpg)
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । गत १७ कात्तिकमा गएको ६.४ म्याग्निच्युटको विनाशकारी भूकम्पबाट प्रभावित विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने गरी २०० परिवारलाई ब्याकअप सहितका सोलार बत्ती वितरण गर्दै कम्पनीले पृथक् ढङ्गले वार्षिकोत्सव मनाएको हो ।
भूकम्प पश्चात पीडितहरूले भोग्नु परेको विशेष समस्यालाई सम्बोधन गर्नेगरी ती सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ । वितरण गरिएका सोला बत्तीले रातको समयमा अध्ययन गर्न अति आवश्यक उज्यालो दिने मात्रै नभएर मोबाइल फोन र अन्य विद्युतीय उपकरण समेत चार्ज गर्न सकिनेछ ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउद सहित सुबिसुको आठ सदस्यीय टोली राहत स्वरूप अत्यावश्यक सामग्री वितरण गर्न जाजरकोट पुगेको थियो । जाजरकोटको नलगाड स्थित स्थानीय इन्द्रधनुष प्राथमिक विद्यालयमा सुबिसुले उक्त राहत वितरण कार्यक्रम आयोजना गरेको थियो ।
“जाजरकोटको पुग्ने कुरा केवल भौगोलिक यात्राको विषय मात्र थिएन, प्रतिकूल परिस्थितिको सामना गरिरहेका भूकम्प पीडितहरूको जीवनमा अर्थपूर्ण प्रभाव पार्ने एउटा प्रतिबद्धता समेत थियो,” सुबिसुले भनेको छ ।
व्यावसायिक उत्तरदायित्वलाई व्यावसायिक हिसाबकिताब भन्दा पर हुने भन्दै सुबिसुले २३ औं वार्षिकोत्सव मनाउने कुरा जाजरकोटका जनताको अदम्य भावनाको सम्मान भएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा शान्ति स्थापना : राष्ट्रपति सीको भूमिका चाहन्छन् ट्रम्प, सघाउला त चीनले ?
-
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
-
५ रुपैयाँ जरिवाना भएकासहितका ९ जना फरार प्रतिवादी पक्राउ
-
अनुमान गरिएभन्दा छिटै सुनिता र बुचलाई पृथ्वीमा फर्काउँदैछ नासा
-
स्कटल्यान्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने
-
गुगल म्यापमा आउन थाल्यो ‘गल्फ अफ अमेरिका’