वामी सेवा समिति जापानको अध्यक्षमा थापा

काठमाडौं । वामी सेवा समिति जापानले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । टोकियोको शिबुयास्थित मनसुन बारमा भएको ७ औं अधिवेशनले सर्वसम्मत अध्यक्षमा दिलिप थापा,बरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे,उपाध्यक्ष विष्णु प्रसाद सापकोटा,महासचिव गोकुल खत्री,सचिव सुजन खत्री,सहसचिव रविन कक्षापति, कोषाध्यक्ष होमलाल सापकोटा, सहकोषाध्यक्ष ईश्वरी सापकोटालाई चयन गरेको हो । यसैगरी सदस्यहरुमा खिम बहादुर खत्री,मख्खन घर्ती,सुवास परियार,यज्ञ प्रसाद घिमिरे,प्रकाश जिसी,खिम बहादुर नेपाली,टंक लामिछाने,बावुराम काफ्ले, शिव केसी,डिवी रायमाझी, देव सापकोटा रहेका छन् ।
त्यस्तै महिला उपाध्यक्षको पद कार्य समितिको पहिलो बैठकले तय गर्ने अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार कार्य समितिले हरेक वर्षको जनवरी १ तारिखमा साधारण सभा तथा अधिवेशन गर्दै आएको छ ।
समितिले जापान तथा नेपालमा समस्यामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग जुटाउनेदेखि गुल्मीको वामीमा शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । संस्थाले स्थापना काल(२००८) देखि झण्डै ५/६ करोड रकम बराबरको आर्थिक तथा भौतिक सहयोग गरिसकेको वरिष्ठ उपाध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार समाजले आगामी दिनमा गुल्मीमा स्वास्थ्य शिविर,रक्तदान लगायतका कार्यक्रम समेत राख्ने योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर