आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाली भाषा भाषाका अध्येताहरूले नै विगारे : शरच्चन्द्र वस्ती

बुधबार, १८ पुस २०८०, १२ : २९
बुधबार, १८ पुस २०८०

काठमाडौँ । नेपाल स्रष्टा समाजको संयोजनमा साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रेस काउसन्सिलको आयोजनामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सभापतित्व तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । समाजले आफ्नो १७औँ वर्षिकीको अवसर आयोजनामा सो गोष्ठी गरेको हा । 

कार्यक्रमा बोल्दै श्रीओम श्रेष्ठ ‘रोदन’ले आफैँले लेखेको रचना फरक फरक पत्रिकामा पठाउँदा फरक खालको हिज्जे प्रयोग हुने गरेको बताए । ‘मलाई विश्वास गरेर धेरैले पाण्डुलिपि सम्पादनका लागि पढाउनु हुन्छ तर मैले अन्य पत्रपत्रिकामा पठाएका रचना पत्रिका अनुसार फरक फरक देखेपछि मप्रतिको विश्वास के हुन्छ ?” उनले भने, “यसरी सम्पादक अनुकूलको भाषा प्रयोग हुनु चाहिँ नेपाली भाषामा अनौठो पनि हो, अन्योल, आश्चार्य पनि हो र जान्नेलाई नजान्ने बनाउनु पनि हो ।’ यसले गर्दा देशैभरका साहित्यिक पत्रिकाका सम्पादकहरू अन्योलमा रहेको उनले बताए । साहित्यिक पत्रिकामा देखिएको यो अन्योललाई हटाउन आवश्यक भएको उनले बताए । 

यस्तै साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले साहित्यिक पत्रपत्रिकामा फरक फरक हिज्जे प्रयोग भएको, आफू पनि यस विषयमा अन्योल रहेको बताए । ‘यो विषयमा आधिकारिक निर्णय गर्ने निकाय भनेको सरकार हो । विभिन्न साहित्यिक संस्था र नेपाल प्रेस काउन्सिल मिलेर एउटा कमिटी बनाएर सरकारलाई रिक्वेस्ट गर्ने हो भने  भाषिक एकरूपताको काम गर्न सकिन्छ ।” उनले भने, “यसको नेतृत्व नेपाल स्रष्टा समाजले लेओस् ।”

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले अहिले साहित्यिक पत्रकारितालाई कसरी बचाउने भन्ने मुख्य चिन्ताको विषय बनेको बताए । समाचारीय पत्रिका र साहित्यिक पत्रकारितामा अनुगमन गर्ने निकाय एउटै भएकाले समस्या रहेको बताए । त्यसका लागि साहित्यिक पत्रकारिता अनुगमनका लागि प्रेस काउन्सिलमा छुट्टै शाखा रहनुपर्ने उनले बताए । 

“अबको साहित्यिक पत्रकारिता झोलामा पत्रिका बोकेर हिँड्नेमा मात्र सीमित रहेन, यसका इलेक्ट्रोनिक मिडियामा अनेकौँ माध्यम बनिसकेको छ । अब बजेट ल्याउँदा पत्रिका निकाल्नेलाई मात्र दिएर हुँदैन । अनलाइन पत्रकारितामा पनि दिनुपर्ने व्यवस्था हुनुपर्छ ।” उनले भने । भारतबाट निर्वाध रूपमा साहित्यिक पत्रिका आउने तर नेपालबाट बाहिर पठाउन धेरै कठिनाइ भएको बताए । 

सो गोष्ठीका भाषाविद् शरच्चन्द्र वस्तीले नेपाली भाषा भाषाका अध्येताहरूले नै विगारेको बताए । महाकवि देवकोटा, बालकृष्ण समलगायत व्यक्तित्वले स्थापित गरेको भाषालाई त्रिविमा भाषा पढाउनेहरूले नै चिरहरण गरेको बताए । साहित्यकारहरू भाषाको नयाँ आयाम प्रकट गर्ने मूलआधार भएकाले उनीहरूले यसलाई बचाउनुपर्ने बताए । उनले भने, “साहित्य सिर्जनामा प्रयोग हुने भाषा गलत र अशुद्ध भए त्यसले साहित्यलाई नै बिगार्छ, यसबारे सबै साहित्यकारहरू सचेत हुनु पर्छ ।” 


कार्यक्रममा प्राडा गोविन्दराज भट्टराईले प्रवासी नेपालीहरूमा नेपालमा नै नेपाली भाषा भत्किएको प्रति चिन्ता व्यक्त गर्ने गरेको बताए । “एउटै व्यक्ति त्रिवि सेवा आयोगमा, पाठ्यक्रम विकास केन्द्रमा र प्रज्ञा प्रतिष्ठानमा पुगी नेपाली भाषालाई भत्काउने काम गरे,” उनले भने । तर अब भाषालाई पुरानै लयमा फर्किनु पर्नेमा जोड दिए । उनले यस्ता छलफल पुनः गर्न पनि उनले आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप