टीभीएस आईक्युबको ग्रीन रेभोलुसन राइड, ४ महिनामा गुड्यो १ लाख किलोमिटर
काठमाडौँ । नेपालको लागि टीभीएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी दिएको छ । टीभीएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो ।
सिङ्गल चार्जमा नै धेरै भन्दा धेरै माइलेज दिने, राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्य जस्ता विशेषताहरूले गर्दा लन्च भएको ४ महिनाभन्दा कम समयमा नै आईक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ । यस ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३,५०० किलो कम कार्बन डाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दिएको छ, जुन लगभग १७५ वटा रूख रोपेको बराबर हो । साथै अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि कम्पनीले जनाएको छ ।
समग्रमा ग्राहकको इन्धन लागतमा ४.६ लाख रुपैयाँ बचत भएको कम्पनीले जनाएको छ । साथै सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पुर्याएको छ । विश्वव्यापी रूपमा टीभीएस आईक्युब २२५,००० घरहरूमा पुग्न सफल भएको छ । १.२५ बिलियन किलोमिटर भन्दा बढी दुरी गुड्दा टीभीएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३,७६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीले जनाएको छ जुन १.७ मिलियन रूखहरू रोपेको बराबर हुन्छ ।
१००,००० किमीको कोसेढुङ्गा पार गरेको खुसीयालीमा टीभीएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रा.लि.को सहकार्यमा टीभीएस आईक्युबका ग्राहकहरूसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको छ । नक्सालको टीभीएस शोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टीभीएस आईक्युब ग्रीन रिभोलुसन राइडमा ३० जना राइडरहरूको सहभागीता थियो । यस राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषण विरुद्ध लड्ने, रूख बचाउने र ध्वनि प्रदूषण रोक्नमा पहल गर्नु थियो । यस कार्यक्रममा सेफ राइडिङको तालिम र सवारी साधनको मेन्टेनेन्स सम्बन्धी सुझावहरू प्रदान गरिनुको साथै सहभागी सबैलाई उपहार र प्रमाणपत्रहरू पनि प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने