निर्माणाधीन रंगशालामा १० औँ राष्ट्रिय खेलकुदका सबै खेलहरु खेलाउन सम्भव छैन: मन्त्री पाेखरेल
सुर्खेत। कर्णाली प्रदेशका समाजिक विकास मन्त्री खड्गबहादुर पाेखरेलले निर्माणाधीन वीरेन्द्रनगर रंगशालामा मात्रै सबै खेलहरु खेलाउन सम्भव नरहेकाे बताएका छन्।
१० औं राष्ट्रिय खेलकुदका सम्पूर्ण खेलहरु उक्त रंगशालामा मात्रै खेलाउन कठिन हुने उनको भनाइ छ। त्यसका लागि अन्य जिल्लाहरुमा पनि संरचनाहरु बनाउन आवाश्यक रहेको उनले बताए ।
बुधबार वीरेन्द्रनगरमा आयाेजित खेलकुद पत्रकारीतामा तालिमकाे उद्घाटन गर्दै पाेखरेलले भने, 'अहिले बनिरहेको रंगशालामा मात्रै सबै खेल खेलाउन सम्भव छैन, त्यसैले कुन खेल कुन जिल्लामा खेलाउन सकिन्छ भन्ने विषयमा तयारी गरिरहेका छौं।'
तर,आर्थिक अभाव भने कायमै रहेकाे उनकाे भनाइ छ। आर्थिक अभावमा बीचमा पनि १० राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने बाध्यतामा कर्णाली रहेकाे उनले बताए ।
कर्णालीकाे खेलकुद विकासलाई अगाडि बढाउनका सरकार अग्रसर भइरहेकाे पनि उनले बताए। 'कर्णालीका खेलाडीहरुलाई अझै सक्षम बनाउने वातावरण कर्णालीले सिर्जना गर्ने छ,' उनले भने, 'त्यसका लागि सरकार अग्रसर भइरहेकाे उनकाे भनाइ छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते
-
तीन वर्षीय बालक ६ दिनदेखि बेपत्ता
-
ढोरपाटनको विकासमा लाग्न प्रतिबद्ध छु: भट्टचन