विश्वविद्यालयका उपकुलपति नियुक्ति राजनीतिक भागबन्डाबाट गर्नुहुन्न : अध्यक्ष बडाल
अनेरास्ववियु पब्लिक यूथ क्याम्पस कमिटीको अध्यक्षमा शाही
बुधबार, १८ पुस २०८०, ०९ : ४२

काठमाडौँ । विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वविद्यालय सुधारका लागि उपकुलपति नियुक्ति गर्दा खुल्ला प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने बताएका छन् ।
पब्लिक यूथ क्याम्पस कमिटी काठमाडौँको १३औँ क्याम्पस कमिटी सम्मेलनलाई सम्बोधन गर्दै उनले भने –'आज विश्व विद्यालयहरूको अवस्था किन यस्तो भयो ? यसमा हामी सबै गम्भीर हुनु जरुरी छ । जब विश्वविद्यालयहरू राजनीतिक भागबन्डाको सिकार भए, परिणाम स्वरूप शिक्षा क्षेत्र अस्तब्यस्त भएको छ ।' उनले विश्वविद्यालय सुधारका लागि अनेरास्ववियुले सङ्घर्ष गर्ने बताए ।
सम्मेलनले नीराजन विक्रम शाहीको अध्यक्षमा ३७ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिगामी हर्कतका छिटपुट बाछिटा जहाँ देखापरे त्यहीँ अन्त्य गरिनुपर्छ : एमाले
-
प्रधानमन्त्रीलाई एक पशु चिकित्सकको चिठी
-
उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती
-
अपडेट : ट्राफिकले सर्वसाधारणलाई कुटेको दोस्रो भिडियो एक वर्ष पुरानो
-
माइतीघरदेखि नयाँ बानेश्वरसम्म चिकित्सकको र्याली, तस्बिरहरू
-
भूकम्प स्मृति दिवसका दिन धरहराबाट काठमाडौँ नियाल्दा जे देखियो, तस्बिरहरू