प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि आज एपीएफ र कोशी भिड्दै

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबिच भिडन्त हुँदै छ । फाइनल खेल नेपाल समय अनुसार, बिहान ११ः०० बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
एपीएफको टोली पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई नै ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । त्यसपछि कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशसँग दोस्रो क्वालिफायर खेल खेलेको थियो । दोस्रो क्वालिफायरमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएको थियो ।
त्यसअघि सुदूरपश्चिमको टोलीले इलिमिनेटर खेलमा बलियो बागमती प्रदेशलाई नौ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । प्रतियोगिताको लिग चरणमा पनि एपीएफको टोली अपराजित रहेको थियो ।
लिग चरणको खेलमा एपीएफले आफूले खेलेको सातवटै खेलमा जित हात पारेको थियो । लिग चरणमा १४ अंकसहित एपीएफ क्लब पहिलो भएको थियो । कोशी प्रदेश भने लिग चरणको खेलमा दोस्रो भएको थियो । लिग चरणमा आफूले खेलेका सातमध्ये ६ खेलमा कोशी प्रदेश विजयी भएको थियो ।
त्यसैले पनि बुधबार हुने एपीएफ र कोशी प्रदेशबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । यी दुवै टोलीका कप्तान निकै अनुभवी छन् । दुवै टोलीमा अनुभवी खेलाडीको बाहुल्य छ । एपीएफ क्लब सीता रानामगर र कोशी प्रदेश रुविना क्षेत्रीको कप्तानमा मैदानमा ओर्लने छ ।
रुबिना क्षेत्री जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले हालसम्म प्रतियोगितामा कुल दुई सय ८३ रन बनाइसकेका छन् । उनले १० विकेट पनि लिएकी छन् । एपीएफ क्लबकी इन्दू बर्माले पनि हालसम्म दुई सय ३१ रन बनाइसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकको तलब दिने
-
पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
सांसद विकास कोष ब्युँत्याउन फेरि लागिपरे सांसद, सरकारलाई दिन थाले दबाब