पूर्वराजा शाहलाई नवलपरासीमा अभिनन्दन
![पूर्वराजा शाहलाई नवलपरासीमा अभिनन्दन](https://npcdn.ratopati.com/media/news/r2_I7sqGm8ef3.jpg)
नवलपरासी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज नवलपरासीमा अभिनन्दन गरिएको छ । पश्चिम नवलपरासीको सरावलस्थित बर्दघाटे (कालिका) मन्दिरको दर्शन गर्न आएका शाहलाई एक कार्यक्रमकाबिच अभिनन्दन गरिएको हो ।
सोही क्रममा पूर्वराजा शाहले कालिका मन्दिरमा केहीबेर पूजा आराधना समेत गरेका थिए । त्यसपछि पूर्वराजा शाहलाई राप्रपाका केन्द्रीय उपाध्यक्ष एवम् क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर प्रधान र रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले स्वागत गरेका थिए ।
अभिनन्दन कार्यक्रममा समर्थकहरूले ‘राजा आउ देश बचाउ’ ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै नाराबाजी गरेका थिए । पूर्वराजा शाहलाई हेर्न बाक्लो भिड उपस्थित थियो ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रधानले पूर्व राजाको आगमनले यस मन्दिरको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
केही दिनदेखि भैरहवा र कपिलवस्तुका विभिन्न क्षेत्रमा पूर्वराजा शाहले विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : स्वर्गद्वारी गुठी पीडितहरूको विषय प्राथमिकतामा
-
धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : एलिना चौहान
-
प्रतिनिधिसभा बैठक [Live]
-
१ करोड ७० लाख डलर धोकाधडी कान्डमा बेसबल स्टार ओहतानीका अनुवादक जेल चलान
-
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि ‘फ्लड लाइड’ जडान
-
विपिन जोशीलाई छुटाउन प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट पहल गर्दा हुँदैन ?