लागुपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी

तेहरान । इरानले हालका दिनमा लागु पदार्थ तस्करीको आरोपमा नौ जनालाई फाँसी दिएको सरकारी मिडियाले मङ्गलबार बताएको छ । यो विश्वको सबैभन्दा उच्च फाँसी दरमध्येको एक हो ।
आधिकारिक आइआरएनए समाचार समितिका अनुसार हेरोइन र अफिम खरिद गर्ने तथा ओसारपसार गरेको अभियोगमा उत्तरपश्चिमी प्रान्त अर्दबिलको एक कारागारमा तीन जनालाई फाँसी दिइएको छ । अन्य छ जनालाई मेथामफेटामाइन, हेरोइन र भाङ तस्करी गरेको आरोपमा छुट्टाछुट्टै फाँसी दिइएको छ ।
इरान अफगानिस्तान र युरोपबीचको प्रमुख अफिम तस्करी मार्गमा अवस्थित छ र घरेलु अफिमको प्रयोग दर विश्वमा सबैभन्दा धेरै छ । सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घ कार्यालय अन ड्रग्स एन्ड क्राइम (युएनओडिसी) ले उद्धृत गरेको आँकडाले इरानमा २८ लाख मानिसमा लागु पदार्थको समस्या रहेको बताएको छ ।
इरानी अधिकारीहरूले लागु पदार्थको दुरुपयोग र तस्करीसँग लड्नका लागि धेरै अभियान सुरु गरेका छन् र नियमितरूपमा छिमेकी अफगानिस्तानबाट तस्करी गरेर ल्याइएका अफिमहरूको ठूलो बरामदको घोषणा गर्दछन् ।
इरानी अधिकारीहरूले सन् २०२३ को पहिलो पाँच महिनामा लागु पदार्थसँग सम्बन्धित अपराधका कम्तीमा एक सय ७३ दोषीलाई फाँसी दिएको जुनमा एमनेस्टी इन्टरनेसनलले बताएको थियो । उक्त आँकडा सो अवधिमा इरानमा सबै फाँसीको सजायको करिब दुई तिहाइ भएको बताइएको छ ।
इरानले सम्पूर्ण कानुनी कार्यवाहीपछि मात्र फाँसी दिइने बताएको छ । उसका अनुसार लागु पदार्थको तस्करीविरुद्ध मृत्युदण्ड आवश्यक निवारण हो । एमनेस्टीका अनुसार इरानले चीनबाहेक कुनै पनि अन्य मुलुकको तुलनामा प्रतिवर्ष सबैभन्दा धेरै व्यक्तिलाई मृत्युदण्ड दिन्छ ।
इरानले सन् २०२३ मा सात सयभन्दा धेरैलाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले नोभेम्बरमा बताएको थियो । उक्त आँकडा आठ वर्षमा सबैभन्दा धेरै हो ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी