सुजन रावतको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने
मङ्गलबार, १७ पुस २०८०, १८ : ३६

सुर्खेत । ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई कर्णाली प्रदेश सरकारले राहत रकम दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले रावतको परिवालाई दुई लाख रकम दिने निर्णय गरेको हो ।
महावु गाउँपालिका–६ का रावतको शुक्रबारको बालकुमारीमा भएको आन्दोलनका क्रममा मृत्यु भएको हो ।
रावतको अन्त्येष्टि आज दैलेखमा गरिएको छ ।