३ जना मृतावस्थामा फेला
मङ्गलबार, १७ पुस २०८०, १६ : ३०
काठमाडौं । छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौंको बल्खुस्थित बल्खु संयुक्त सुमो पार्कमा रहेको टिकट काउण्टरको कोठाभित्र कैलाली धनगढी घर बताउने २२ वर्षीय राजु थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नुवाकोटको शिवपुरी गाउँपालिका-६ बखती टोल बस्ने ७५ वर्षीया नेत्र कुमारी क्षेत्री आफ्नै बाख्राको खोरभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङको बबई गाउँपालिका-४ हापुरे बस्ने ५३ वर्षीया भिम कुमारी गिरी पनि आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?