ईपीएस विवाद : प्राविधिक समिति गठन गर्ने सहमति

काठमाडौँ । ईपीएसमा देखिएको विवादका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतसँग छलफल गरेको छ । मंगलबार बिहान मन्त्रालयमा भएको छलफलमा विवाद समाधानका लागि एउटा प्राविधिक समिति बनाउने सहमति भएको छ ।
मन्त्रालयका प्रवक्ता राजीव पोखरेलका अनुसार दुवै पक्ष सम्मिलित प्राविधिक समितिमार्फत समस्या समाधान गर्ने सहमति भएको हो । ‘केही दिनमा नै यो समिति गठन हुन्छ,’ पोखरेलले रातोपाटीसँग भने ।
छलफलमा कोरियाली राजदूत एच.ई. तेयोङले ईपीएस विवादमा सञ्चार माध्यममा आएका विषयहरूमा ध्यानाकर्षण भएको बताएका थिए । उनले यस विवादले नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध नै धराप पर्ने देखिएकोमा चिन्ता व्यक्त गरेका थिए ।
यसै विषयमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जना युवाको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनीसमेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रितेशको फिल्म सुटिङमा दुर्घटना : एकको शव फेला, छायांकन रोकियो
-
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत जाँदै
-
सुदीप न्यौपाने हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
रुस र युक्रेन ‘सम्झौताको धेरै नजिक’ : ट्रम्प
-
पोप फ्रान्सिसको अन्तिम बिदाइ गरिँदै
-
तपाईंले प्रयोग गरिरहनुभएको मेकअप कति सुरक्षित छ?