पर्यटन पूर्वाधारको सुधारका लागि छुट्टै ‘टाक्स फोर्स’ बनाइने

काठमाडौँ । पर्यटन तथा एभियसन क्षेत्रको सुधारका लागि छुट्टै ‘टाक्स फोर्स’ बन्ने भएको छ । संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले सम्पूर्ण पर्यटन पूर्वाधारको क्षेत्रमा काम गर्ने गरी विज्ञसहितको एउटा समिति बनाउने भएको हो ।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग छलफल गर्दै समितिका सभापति राज किशोर यादवले पर्यटन पूर्वाधार, विमानस्थल, हवाई सुरक्षा र नियमन अध्ययन गर्न विज्ञसहितको छुट्टै फोर्स बनाउन लागेको जानकारी दिए ।
‘विमानस्थल बनाएको छ, बिजनेस छैन । त्यहाँको प्राविधिक तथा व्यवहारिक वस्तुस्थिति के हो ? परियोजना अघिको अध्ययन के हो ? केही थाहा छैन । नेपाल वायु सेवा निगमको व्यवसाय के हो ? त्यहाँ भित्रको खेल, प्राविधिक पक्ष के हो ? यहीँ सबै जानकारी लिन आवश्यक छ । यसका लागि विज्ञसहितको टोली समितिलाई चाहिएको छ । यसैले रिजल्ट ओरेन्टेट (परिणाम लक्षित) टाक्स फोर्स छिट्टै गठन गर्ने गरी तयारी गरिरहेको छु’ सभापति यादवले भने ।
उक्त फोर्सको कार्यक्षेत्र तथा अधिकार कति हुने हो सो भने सभापति यादवले खुलाएनन् । तर, उक्त टाक्स फोर्स औपचारिक भन्दा बढी अनौपचारिक नै हुने उनको भनाइ छ ।
‘खास पर्यटन समितिको काम कारबाहीलाई सहयोग पु-याउने उद्देश्यले फोर्स तयार गर्न खोजिएको हो । यसमा औपचारिकता, मापदण्ड तथा अधिकार भनेर वृहत् बनाइने छैन । समिति भित्रकै सदस्यहरूलाई नेतृत्वको जिम्मेवारी दिएर यो फोर्सले काम गर्नेछ’ यादवले भने ।
त्यसो त क्षेत्रगत रूपमा छुट्टाछुट्टै उपसमितिहरू बनाएर सदस्यहरूलाई परिचालन गरिने समेत उनले बताए ।
‘अब यसरी हुँदैन । कुनै मुद्दामा छलफल डाक्यो समितिका सदस्यहरूले आफू खुसी व्याख्या गर्ने र बहकिने, जिम्मेवार कर्मचारी र मन्त्रीले सतही कुरा गरेर वास्तविकता लुकाउन खोज्ने यसरी हुँदैन । मुद्दाको गहिरो अध्ययन र समस्याको समाधानको आवश्यक छ । यसका लागि सोही अनुसारको विज्ञ समूह चाहिन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, ७३ जनाको मृत्यु
-
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार
-
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
-
सुटिङका क्रममा घाइते भए गुरु रन्धावा, सेलिब्रेटीको कमेन्ट ओइरो
-
अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ : गोकुल बास्कोटा