आरती साहका लागि न्याय माग्दै प्रदर्शन गर्नेहरु पक्राउ
_yicLj56WBz.jpg)
काठमाडौँ । आरती साहको पक्षमा न्याय माग्दै मानवअधिकार आयोग अगाडी प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरती साहका बुवा विनोद साह, भाइ प्रेम साह, अभियानकर्मी कृतिका यादव, जस्मिन ओझा, विनु यादव र दीपक गुप्ता रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।
अभियानकर्मी कृतिका यादवले भनिन्– ‘आरती साहका आमाबुवा २०१ दिनदेखि न्याय माग्दै धर्ना बस्दै आइरहेका छन्, न्याय दिनुको सट्टा उहाँहरुलाई विभिन्न ठाउँबाट धम्की आइरहेको कारण आरती साहको न्याय तथा परिवारको रक्षाका लागि हामीले प्रदर्शन गरेका थियौं ।’
सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्ण धर्ना दिँदै आएको छ । मानवअधिकार आयोगले अनुगमन गरेर घटनाको गलत रिपोर्ट बनाएको भन्दै त्यसको विरोधमा पनि त्यहाँ प्रदर्शन गरिएको उनले बताइन् । दाइजोको निहुँमा छोरी आरती साहको हत्या गरेको उनका आमा–बुवाले दावी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची