शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
माओवादी अभियान

समग्रमा रूपान्तरण अभियान सफल भएको छ ः माओवादी केन्द्र

प्रवक्ता सापकोटा भन्छन्, ‘अभियानले नेताहरूको मूल्याङ्कन गर्ने आधार बन्यो’
मङ्गलबार, १७ पुस २०८०, १३ : ५३
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले समग्रमा विशेष रूपान्तरण अभियान उत्साहजनक भएको बताएको छ । पार्टीले सञ्चालन चारमहिने विशेष रूपान्तरण अभियान समापनको विषयमा प्रचार विभागले मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान सफल भएको निष्कर्ष निकालेको हो ।

‘विशेष रूपान्तरणले साङ्गठनिक गतिशील भएका छन् । संगठन नबनेको ठाउँमा संगठन बनेको छ । निष्क्रिय भएको ठाउँमा सक्रिय भएको छ । पार्टीबाट पलायन हुने क्रम रोकिएको छ । अन्य पार्टीबाट माओवादी प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको छ । जनता माओवादीमा फर्किएका छन्’, प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।

यस्तै सापकोटाले अभियानबाट पार्टीभित्रको अन्तर्विरोध सतहमा आएको बताएका छन् । अभियानले नेताहरूको मूल्याङ्कन गर्ने आधार बनेको उनको भनाइ थियो । ‘अभियानले पार्टीभित्रको अन्तर्विरोध सतहमा आएको छ । जनवर्गीय र मोर्चामा पनि त्यस्तै भएका छन् । धेरै अन्तर्विरोध हल हुँदै गएको छ । मूल्याङ्कनको आधार धेरै राम्रो भएको छ’, उनले भने, ‘तर जति तयारी गर्नुपर्ने थियो, त्यो भएन । विचार, कार्यदिशा तय गरी समाजवादी विचारधारको आधार तय गर्नुपर्थ्यो अभियानमा त्यसो भएन ।’

अभियानको क्रममा आफू सुदूरपश्चिमको दार्चुला पुगेको जानकारी दिँदै स्थलगत अवलोकनपछि निकै उत्साहित भएको बताए । यसैगरी सरकारको कामले जनताको तहसम्म उत्साह जगाएको भन्दै उनले एक वर्षको अनुभवबाट शिक्षा लिएर मन्त्रिपरिषद् पुनर्गठन गरेर भए पनि काम गर्छु भनेर प्रधानमन्त्रीले परिणाममुखी काम गर्न चाहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप