विद्युतीय सवारीमा मस्कको टेस्लालाई उछिन्दै बीवाईडी

बेइजिङ । चिनियाँ कम्पनी बीवाईडीले इलोन मस्कको टेस्लालाई उछिन्दै विश्वमै सबैभन्दा धेरै विद्युतीय कार बिक्री गर्ने निर्माता कम्पनी बन्नेमा एक कदम नजिक पुगेको छ । कम्पनीले सोमबार सन् २०२३ को पछिल्ला तीन महिनामा रेकर्ड ५ लाख २६ हजार ब्याट्रीबाट चल्ने कार बिक्री गरेको जानकारी दिएको हो ।
डिसेम्बरमा कम्पनीको कार बिक्रीमा ७० प्रतिशतले वृद्धि भएको थियो । अमेरिकी कम्पनीले टेस्लाले मंगलबार आफ्नो त्रैमासिक विवरण सार्वजनिक गर्ने जनाएको छ ।
सेन्जेनमा रहेका बीवाईडीले सन् २०२३ मा ३० लाखभन्दा बढी ‘न्यू एनर्जी भेहिकल (एनईभी)’ बिक्री गरेको जानकारी दिएको छ । यसमध्ये १६ लाख ब्याट्रीबाट मात्र चल्ने कारहरू रहेका थिए ।
विज्ञहरूले टेस्लाले पछिल्ला ३ महिनामा ४ लाख ८३ हजार कार बिक्री गरेको प्रक्षेपण गरेका छन् । गत वर्ष कम्पनीले १८.२ लाख कार बिक्री गरेको उनीहरूको अनुमान छ ।
गत जनवरीमा मस्कले टेस्लासँग सन् २०२३ मा २० लाख कार डेलिभरी गर्न सक्ने क्षमता रहेको बताएका थिए । तर त्यस यता उनले उधारोको उच्च लागतले कम्पनीको कारको मागमाथि दबाब बढाइरहेको बताउँदै आएका छन् ।
बीवाईडीमा प्रमुख कार्यकारी वाङ चाङफूले आफन्तसँग मिलेर सन् १९९५ मा बीवार्डडीको स्थापना गरेका छन् । सन् २००८ मा अमेरिकी लगानीकर्ता वारेन बफेटको बर्कसायर हाथावेलाई सेयरहोल्डरको रूपमा समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्टिकल्चर एक्स्पो : चार दिनमा १ करोड बढीको कारोबार
-
२०८१ सालका यी हुन् उत्कृष्ट ५ फिल्मी गीत, कसको कति भ्युज ?
-
तीनकुनेको घरमा आगजनी गर्ने दुई जना पक्राउ
-
रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि छलफल जारी
-
२०८१ चर्चित ५ गीत : ‘म त ढलेँ ढलेँ’ र ‘दुश्मन हेरेको हेर्यै’ ततायो बजार