ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु
मङ्गलबार, १७ पुस २०८०, १२ : ४३
काठमाडौं । रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।
गएराति पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर–५ चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले पूर्वतर्फ आउँदै गरेको ज १ ह ४४८५ नम्बरको अटोलाइ ठक्कर दिँदा अटोमा सवार दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झा को मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका थिए । प्रहरीले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला