रुकुम पश्चिममा माओवादीको समीक्षा : ३३ हजार घरधुरीमा भेटघाट, १८ हजार अस्थायी आवास निर्माण

सुर्खेत । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले अभियानको समीक्षा गरेको छ ।
माओवादीको आधार इलाकाको रूपमा रहेको रुकुम पश्चिममा अभियान भव्य रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ ।
अभियान अन्तर्गत विभिन्न श्रम अभियानका कामहरू भएका छन् भने भूकम्प पछि सिङ्गो पार्टी कमिटी भूकम्प प्रभावितको पुनर्स्थापना केन्द्रित भएको थियो ।
अभियान अन्तर्गत रुकुम पश्चिमको इन्चार्जका रूपमा जाजरकोटका गगन खड्का खटिएका थिए ।
अभियान अन्तर्गत जिल्लाभर ३३ हजार घरधुरीमा प्रत्यक्ष भेटघाट भएको दाबी गरिएको छ । माओवादी रुकुम जिल्लाका संयोजक गोविन्द रोक्का ‘सचिन’ले भूकम्प गएपछि पनि रुकुममा माओवादीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा तीन हजार भन्दा बढी भोलेन्टियर खटेर १८ हजार अस्थायी आवास निर्माण गरिएको रोक्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर ज्ञानेन्द्रले गरे ‘लन्च मिटिङ’
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन