आन्तरिकतर्फका अधिकांश विमानस्थलमा उडान प्रभावित
मङ्गलबार, १७ पुस २०८०, १० : ०६

काठमाडौँ । बाक्लो हुस्सुका कारण देशभरका विमानस्थलमा उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलका अनुसार पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा लगायतका अधिकांश विमानस्थलमा उडान प्रभावित भएको हो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार बिहान १० बजेसम्मको समयमा नेपालगन्ज, सुर्खेत, लुक्ला र भोजपुरको फाप्लु विमानस्थलमा मात्रै उडान भएको छ । त्यसबाहेक तराईका सबै र पोखरा लगायतका पहाडी क्षेत्रका विमानस्थलमा पनि उडान भर्न सकिएको छैन ।
काठमाडौँ विमानस्थलमा भने कुनै समस्या नरहेको प्रवक्ता झाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त