गुरुकुल चलाउन तीस लाख अनुदान
अर्घाखाँची । जिल्ला सदरमुकाम सन्धिखर्कस्थित पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषले रु ३० लाख अनुदान प्रदान गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको पहलमा पशुपति क्षेत्र विकास कोषले संस्कृत विषय अध्यापन हुने विद्याश्रमलाई अनुदानस्वरुप रु ३० लाख प्रदान गरेको हो ।
राज्यमन्त्री सिर्पालीले सोमबार यहाँ आयोजित एक कार्यक्रममा उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक भेषराज चुदाँलीलाई हस्तान्तरण गरे । अक्षयकोष स्थापना गरी विद्यालयको खर्च चलाउने प्रधानाध्यापक चुदालीले बताए ।
पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि सबै स्थानीय सरकारको ध्यान जान जरुरी रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभएको छ । कक्षा ६ देखि १० सम्म पढाइ हुने वेदविद्याश्रममा ४५ जना वटुक अध्ययनरत छन् ।
अष्ट चिरञ्जीवीको पूजा गरेर आफ्नो जन्मोत्सव मनाउने नेपालको मौलिक संस्कृति क्रमशः लोप हुँदै गएको तथा केक काटेर जन्मदिन मनाउने गलत परम्पराको थालनी भएको अवस्थामा संस्कृति र संस्कारको संरक्षणमा विद्याश्रमबाट योगदान पुगेको सन्धिखर्क नगरपालिकाका नगर शिक्षा अधिकृत मञ्जु आचार्यले बताए ।
–––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म