दम बढेपछि मोहन वैद्य अस्पताल भर्ना
सोमबार, १६ पुस २०८०, २१ : ०२

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
सो पार्टीका प्रचार विभाग प्रमुख हुकुम बहादुर सिंहले दम बढेपछि अस्पताल भर्ना गरिएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताए ।
‘अहिले सुधार भइरहेको छ । तीन दिनअघि नै भर्ना हुनुभएको हो । अझै एक दुई दिन अस्पतालमै रहनु हुन्छ’, उनले भने ।
वैद्य नेतृत्वको पार्टीले पछिल्लो समय देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जाने भन्दै संघर्षका कार्यक्रम गर्दै आएको छ ।
जनताको भयावह अवस्था बदल्ने वास्तविक राजनीतिक व्यवस्था ‘जनगणतन्त्र नेपाल’को स्थापना भएको सो पार्टीले बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीमा कन्जर्भेटिभ पार्टीको जितसँगै सुरु भयो नयाँ सरकारको होमवर्क
-
सशस्त्र प्रहरी बल नेपाल विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल
-
भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन् : एकीकृत समाजवादी
-
खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध
-
ब्रिटिस लाहुरे बन्ने सपना थियो, समयले खेलाडी बनायो
-
समीकरण यस्तो भए अझै पनि सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान