मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

पिस प्वाइन्टलाई नेफ–ऋत कप जुनियर फुटबलको उपाधि

सोमबार, १६ पुस २०८०, २० : २१
सोमबार, १६ पुस २०८०

काठमाडौँ । पिस प्वाइन्टले सातौँ नेफ–ऋत कप अन्तर विद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

चावहिल गणेशथान मैदानमा भएको फाइनलमा पिस प्वाइन्टले न्यु एरालाई ५–२ गोलले पराजित ग¥यो । पिस प्वाइन्टका राहुलकुमार योञ्जन र विशेष थिङले समान २–२ तथा रामबहादुर बुढाथोकीले १ गोल गरे । न्यु एराबाट दुवै गोल पेम्बा तामाङले फर्काए । राहुल फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

लुम्बिनी एकेडेमीले तेश्रो स्थानमा चित्त बुझाए । लुम्बिनीले बोर्न स्काइलार्कलाई २–० ले हरायो । लुम्बिनीको जितमा दुवै गोल आसिप नेपालीले गरे । आसिपनै ‘म्यान अफ द म्याच’ चुनिए ।

उत्तरभेगीय शैक्षिक मञ्च र ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी बने । न्यु एराकै साइन्टिस्ट राई उदीयमान खेलाडी ठहरिए । गोलरक्षकमा पिस प्वाइन्टका निराजन देउवा, डिफेन्समा पिस प्वाइन्टका महेश राई तथा स्ट्राइकरमा पिस प्वाइन्टकै राहुलकुमार योञ्जन उत्कृष्ट भए ।

विजेतालाई प्याब्सनका केद्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव, नेफका अध्यक्ष नारायण रोका, सचिव टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस ८ गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा ६४ टिम सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप