निर्माण व्यवसायीको समस्या समाधानमा सरकार उदासीन

काठमाडौँ । आफ्ना जायज मागहरू पूरा गर्न सरकार उदासीन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आक्रोश व्यक्त गरेको छ । महासंघको सडक आन्दोलन पश्चात् महासंघसँग सरकारले उच्च स्तरमा गरेको सहमति समेत कार्यान्वयन नभएपछि महासंघ आक्रोशित भएको हो । म्याद थप गर्ने, माइलस्टोन खारेज गर्ने, मूल्य समायोजन गर्ने, म्याद थप हुन नसक्ने आयोजनाहरु सुविस्ताको आधारमा अन्त्य गरी फरफारक गर्ने लगायतका सहमतिका बुँदाहरु कार्यान्वयन नभएको महासंघको भनाइ छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र र महालेखा परीक्षक लगायतका निगरानी गर्ने निकायहरुका त्रासको कारणले ती बुँदाहरू कार्यान्वयन गर्न नसकिने सरकारी कार्यालयहरूले जनाएका छन् । सार्वजनिक खरिद नियमावलीमा संशोधन भए पश्चात् मात्र सहमति लागु गर्न सकिने व्यहोरा अनौपचारिक रुपमा सम्बन्धित सार्वजनिक निकायका कर्मचारीबाट महासंघलाई प्राप्त भएको बताइएको छ ।
सहमति कार्यान्वयन नभएको कारण म्याद थप हुन नसकी करिब रु.४० अर्ब भन्दा बढी रकम बराबरको निर्माण कार्य सम्पन्न भइसकेको बिल समेत निर्माण व्यवसायीहरुले सम्बन्धित कार्यालयमा पेश गर्न नसकेको महासंघको भनाइ छ । राज्यबाट समयमा भुक्तानी नपाउँदा आफ्नो बैंक ऋण, राजस्व, सप्लाई चेन, निर्माण मजदुरहरुलाई भुक्तानी गर्न नसकी देशको अर्थतन्त्रमा नै नकारात्मक असर परेको तथा निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति रहेको र यसबाट समग्र राज्य संयन्त्र उपर नै गम्भीर असन्तुष्टि सिर्जना भई नकारात्मक दृष्टिकोणहरूको विकास हुँदै गएको महासंघ रोशन दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आर्थिक रुपमा धराशायी भएका व्यवसायीहरू ‘आत्मदाह’ को अवस्थामा पुगेको भन्दै महासंघले समस्या समाधानका लागि राज्य अब पनि गम्भीर नभए जटिल अवस्था उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । सहमति यथाशीघ्र कार्यान्वयन नभएको खण्डमा समग्र निर्माण उद्योगको हक हितका लागि सशक्त र अन्तिम आन्दोलन गर्न महासंघ बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाटन फेस्ट २०२५’ मा ४ चर्चित ब्यान्डले प्रस्तुति दिने
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो