संसदमा विचाराधीन विधेयक सरकारले बिचमै अपहरण गर्न मिल्दैन : कानूनमन्त्री गुरुङ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा विचाराधीन विधेयक सरकारले बिचैमा अपहरण गर्न नमिल्ने बताएका छन् ।
मन्त्री गुरुङले संसद् र संसदीय समितिमा विचाराधीन विधेयक त्यहाँको सम्पत्ति भएकाले त्यसलाई सरकारले बिचैमा अपहरण गरेर त्यहाँ राखिएको प्रावधान थपघट गर्न नमिल्नेतर्फ सांसदहरुको ध्यानाकर्षण गराएका हुन् ।
सोमबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्ता सांसदहरुसँग छलफल गरिएको थियो । सोही छलफलमा सांसदहरुले सो विधेयक सामयिक नभएको भन्दै मन्त्री गुरुङको आलोचना गरेका थिए ।
त्यसको जवाफ दिनेक्रममा मन्त्री गुरुङले संसदको सम्पत्तिको रुपमा रहेका विधेयकलाई कानूनमन्त्रीले मनलाग्दी गर्न नमिल्ने बताए । उनले आफूले पनि सो विधेयक पढेकाले हरिलट्ठकको रुपमा चित्रण गर्ने प्रयास नगर्न पनि सांसदहरुलाई आग्रह गरेका थिए ।
मन्त्री गुरुङले संसदले विधेयकलाई अन्तिम रुप दिने बेलामा सरकारले सांसदहरुले उठाएका विषयलाई सम्बोधन गरेरै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकलाई न्यूनतम्भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ : प्रधानमन्त्री
-
केपीलाई विद्याको सन्देश : कम्युनिस्ट एकता गर्ने कि मार्ग प्रशस्त गर्ने ?
-
राम्रो गर्न खोज्दा असफल बनाउने गरेको प्रधानमन्त्रीको गुनासो
-
राप्रपाका प्रवक्तालाई प्रश्नः तपाईंहरुको आन्दोलन किन ?
-
फिफाले फुकुवा गर्यो पाकिस्तानी फुटबलमाथि लगाइएको प्रतिबन्ध
-
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी