श्रम मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरेर ईपीएसबारे भ्रामक सूचना सार्वजनिक

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरेर ईपीएस कोरियाबारे भ्रामक सूचना सार्वजनिक भएको छ । ईपीएस कोरियाबारे विवाद चर्किरहेका बेला सामाजिक सञ्जालमा भ्रामक सूचना सार्वजनिक गरिएको हो ।
उच्च अदालत पाटनको आदेश बमोजिम सिप बिल्डिङ क्षेत्रका आवेदकहरूको लागि १३ हजार ५८ जनाको कोटा छुट्टाइएको भन्दै भ्रामक सूचना सार्वजनिक गरिएको छ ।
श्रम मन्त्रालयले उक्त भ्रामक सूचना सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा आवश्यक कारबाहीका लागि पत्राचार गरेको छ । मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले पूर्णतः असत्य र भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको बताए ।
सामाजिक सञ्जालमा राखिने गलत सूचनामा कुनै आधिकारिकता नहुने हुनाले यस्ता भ्रामक सूचना सम्बन्धमा समयमै सजग एवं सचेत हुन र मन्त्रालय तथा मातहतका निकायहरूको काम कारबाही सम्बन्धमा मन्त्रालय तथा अन्तर्गत निकायहरूको आधिकारिक वेबसाइट मार्फत मात्र जानकारी लिन सबैमा अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अब सिलिकन भ्यालीको पछाडि दौडिने समय सकियो’
-
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह
-
नयाँ बजेटको विषयमा अन्य मन्त्रालयसँग कस्तो छलफल गर्दैछ अर्थ मन्त्रालय ?
-
च्याउ खाँदा तनहुँमा दश जना बिरामी
-
तीनकुनेमा मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा एकको मृत्यु
-
सुन्दरीजलमा टिप्पर र बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु