सरकारले गरेका राम्रा कामको ओनरसिप लिन कांग्रेसलाई प्रधानमन्त्रीको अपिल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको राम्रो कामको ओनरसिप लिन कांग्रेस नेताहरूलाई नडराउन अपिल गरेका छन् । सोमबार कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूबाटै सरकारको कार्यशैलीमा अझ सुधार गरेर जाने प्रक्रिया थालिसकेको बताए ।
‘सरकारले गरेको राम्रो कामको ओनरसिप लिन डराउन पनि भएन । प्रचण्ड योपटक अलि सानो पार्टीको नेता कताकताबाट प्रधानमन्त्री भयो भनेर नेपाली कांग्रेसले सरकारले गरेका राम्रा काम खुलेर समर्थन गर्ने र स्वामित्व लिन डराइदिने भएन’, प्रचण्डले भने, ‘हिच्किचाइदिन भएन मेरो यो एउटा अपिल छ ।’
उनले आफूले केही जोखिम उठाएर नै काम गरिरहेको भन्दै यो गहिराइलाई बुझिदिन आग्रह पनि गरे । उनले सरकारले गर्त वर्ष पनि केही राम्रा काम भएको भन्दै नागरिकता, मिटर ब्याज, विदेशमा भएका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने जस्ता धेरै राम्रा काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’