काठमाडौँ । नेकपा एकीकृत समाजवादी काठमाडौँ महानगरपालिका कमिटीले जनतालाई पानी पिउन दिन माग गरेको छ । सोमबार पार्टीको महानगर कमिटीले काठमाडौँमा पानीको हाहाकारको अन्त्य गरी जनतालाई पानी पिउन दिन आग्रह गरेको हो ।
त्रिपुरेश्वरस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड परिसरमा आयोजित सो कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालको समेत उपस्थिति रहेको थियो । यस्तै सो अवसरमा पानीको हाहाकार तत्काल समाधान गर्न माग गर्दै खानेपानी लिमिटेडलाई ज्ञापनपत्र समेत बुझाइएको थियो ।
प्रतिक्रिया