ईपीएस विवाद : मन्त्रालयले कोरियाली राजदूतलाई छलफलका लागि बोलायो
सोमबार, १६ पुस २०८०, १३ : २८

काठमाडौँ । ‘सिप बिल्डिङ’ वालाहरुको आवेदनको विवादको विषयमा छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतलाई छलफलका लागि बोलाएको छ । मंगलबार बिहान ११ बजे राजदूत एच.ई. तेयोङ पार्कलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको हो ।
सहसचिव राजीव पोखरेलका अनुसार राजदूतसँग ईपीएसमा देखिएको विवादबारे छलफल गरेर निष्कर्ष निकाल्ने तयारी मन्त्रालयको छ । यसै विषयमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जना युवाको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनीसमेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली
-
गीत चोरी गरेको आरोपमा एआर रहमानलाई २ करोड जरिवाना
-
सरकार कहिले ढल्छ होइन, सातबुँदे कहिले कार्यान्वयन हुन्छ भनेर सोधौँ : धनराज गुरुङ
-
एसीमा कति समय बस्नु सुरक्षित छ?
-
बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ : उद्योगमन्त्री भण्डारी
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’