गृहमन्त्रीलाई गगनको आग्रह : माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउनुस्

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डलमा मानिसहरूले आफ्नो कुरा राख्ने, सरकार र ससदलाई सुनाउने ठाउँ भएको बताए ।
‘गृहमन्त्रीज्यूलाई मेरो आग्रह छ– माइतीघरको निषेधित क्षेत्र हटाइ दिनुस् । आज धोती दिवस भयो । त्यो पोलिटिकल स्टेटमेन्ट हो । केही साथीहरूले टोपी दिवस मनाउनुभएको छ । हामी पनि धोती दिवस मनाउँछौँ भनेर आउनुभयो । त्यो हामी सबैसँग अधिकार छ । माइतीघरमा देखाउँदा सरकारले सुन्छ भनेर आउनुभएको हो । त्यो हाम्रो ठाउँ हो । हिजो हामीले पनि त्यही गरेको हो । माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि अहिले त्यहाँ बल प्रयोग गर्नुर्यो । बल प्रयोगले घटना बढाउँछ ।’
धोती जुलुस भनेर पोलिटिकल स्टेटमेन्ट दिन खोज्दा सोमबार केही मानिस पक्राउ परेको उनको भनाइ छ । धोती जुलुस निकाल्दा जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत ५० भन्दा धेरै पक्राउ परेका थिए ।
माइतीघरलाई निषेधित क्षेत्र बनाउनुको कुनै औचित्य नभएको उनको भनाइ छ । ‘तत्काल यसलाई खारेज गर्न अनुरोध गर्न चाहन्छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित