बालकुमारी घटनामा मृतकका परिवारलाई रोजगारी पनि दिन सुझाव

काठमाडौँ । कांग्रेस सांसद हृदयराम थानीले बालकुमारी घटनामा परी ज्यान गुमाएका परिवारलाई आर्थिक क्षतिपूर्तिसहित रोजगारीको बन्दोबस्त गर्न सुझाव दिएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा सांसद थानीले राहतका साथै रोजगारीको व्यवस्था गर्न सुझाव दिएका हुन् ।
‘बालकुमारी घटनामा मृतकका परिवारको आर्थिक अवस्था कमजोर छ । मृतकहरू कहाँ जाँदै थिए ? रोजगारीका लागि जाँदै थिए । आमा, बाबु, दिदीबहिनी पाल्नुपर्ने भनेर जान लागेका उनीहरूलाई दिइएको १०/२० लाख मासिन सक्छ,’ उनले सरकार र सम्बन्धित निकायले दिने राहत अपुग हुने बताए ।
‘उनका परिवारलाई तत्काल रोजगारीको व्यवस्था गरियोस् भन्ने कुरा गृहमन्त्रीलाई भन्न चाहन्छु’, सांसद थानीको भनाइ छ । साथै उनले बालकुमारी घटनामा मन्त्रीजस्तो व्यक्तिलाई धकेल्ने र गाडी जलाउने अवस्था किन र कसरी आयो ? भनेर प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी