बालकुमारी घटनामा गृहमन्त्रीको प्रस्टोक्ति : मन्त्रीको गाडी घेराबन्दीको सूचनापछि गोली चल्यो

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चलेको बताएका छन् । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताए ।
‘मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ’, घटनाबारे ब्रिफिङ गर्दै गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसपछि आर्मीले मन्त्रीजीलाई पार्टी बैठक स्थलमा पुर्याएको छ ।’ उनले भौतिक योजना मन्त्रीको प्रदर्शनकारीबाट घेराबन्दीमा परेपछि फिल्ड कमान्डर त्यो दिशातिर जान खोजेको र गोली प्रहार भएको बताए । ‘त्यही क्रममा सुरक्षाकर्मीले गोली चलाएको देखिन्छ,’ उनको भनाई थियो
सो क्रममा अछाम र दैलेखका दुई जना युवाको मृत्यु भएको थियो । गृहमन्त्रीले सोही विषयलाई लिएर सरकारले जाँचबुझ आयोग ऐन २०२६ अनुसार आयोग गठन गरिएको जानकारी पनि समितिलाई दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप