‘नेपाली टोपी: नेपाली पहिचान’ भन्दै मनाइयो नेपाली टोपी दिवस
काठमाडौँ । यस वर्ष 'नेपाली टोपी: नेपाली पहिचान' भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । विगत १० वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसका रूपमा मनाइँदै आएको हो ।
अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्त्व झल्किन्छ कि भन्ने हेतुले टोपी दिवसको सुरुआत भएको हो । अभियन्ताहरूका अनुसार नेपालमा पनि कुनै बेला दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोसाकका रूपमा लिइन्थ्यो तर ०६८ साल यता यी पोसाकलाई राष्ट्रिय पोसाकको सूचिबाट हटाइएको छ ।
‘अहिले हामी राष्ट्रिय पोसाकविहीन छौ । तर अझै पनि दौरा सुरुवाल, टोपी र गुन्यु चोलोमा नेपालीपनको आभास हुन्छ । यो कुनै जाति विशेषको भन्दा पनि समग्र नेपालीलाई चिनाउने पहिरन हो,’ उनीहरूले भनेका छन्, ‘अर्कोतिर नेपाली समाजले आधुनिकताको नाममा मौलिकपन भुल्दै गएका छन् । आँखा चिप्लेरै विदेशी संस्कार, खानपिन र आकर्षणमा चुर्लुम्म डुब्न थालेका छन् । अचेलका पुस्ता आधुनिक बन्ने होडमा फेसनदेखि बोलीसमेतमा पश्चिमापन झल्काउन थालेका छन् । आफ्नो पारिवारिक, सामाजिक र राष्ट्रिय विषयवस्तु अँगाल्दा पुरातन भइने डर छ युवा पुस्तामा । नजानेर होइन कि जानेरै अन्धाधुन्धरुपमा पश्चिमा प्रवृत्ति अङ्गालिरहेका छन् ।’
राष्ट्रिय पहिचान भने सङ्कटमा पर्दै गएको बताउँदै उनीहरुले जातीय पहिचानसँगै राष्ट्रिय पहिचानको पनि जगेर्ना हुनुपर्ने जिकिर गरेका छन् । दौरा सुरुवाललाई जाती विशेष भन्दै हटाए पनि सबैको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई नेपालको पहिचानका रूपमा घोषणा गरियोस् भन्ने टोपी अभियानको मुख्य माग रहेको छ । युगौँदेखि प्रचलनमा रहेको, कसैको आत्मसम्मानमा चोट नपुऱ्याएको र बहुसङ्ख्यक नागरिकको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्नुपर्ने उनीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी
-
पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीमा, तस्बिरहरु
-
जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय
-
कम्बोडियामा ३२ हजार करोड लगानी रहेको आरोपपछि ओलीले भने– अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !
-
अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री
-
सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुल्यो