शीर्ष स्थानमा उक्लने मौका गुमायो आर्सनलले

लण्डन । फुलहमसँग स्तब्ध हुँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । आइतबार भएको खेलमा टोली १–२ गोलले स्तब्ध बन्यो ।
खेलको सुरुवातमा नै बुकायो शाकाले आर्सनललाई अग्रता दिलाएका थिए । तर २९ औँ मिनेटमा राउल जिमिनेजले फुलहमका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा बबी डेकोर्डोभा रिडले गोल गर्दै फुलहमलाई जित दिलाए । पराजयपछि आर्सनल २० खेलबाट ४० अङ्कसहित लिगको चौथो स्थानमा रहेको छ । फुलहम भने लगातार ३ खेलको हारको शृङ्खला रोक्दै लिगको २४ अङ्कसहित १३ औँ स्थानमा छ ।
आइतबार नै भएको खेलमा टोटनह्याम हटस्पर्सले बोर्नेमाउथलाई ३–१ गोलले हरायो । स्पर्सको जीतमा पापे सार, सान ह्युङ मिन र रिचार्लिसनले एक–एक गोल गरे ।
खेलको अन्त्यतिर एलेक्स स्कटले बोर्नेमाउथका लागि सान्त्वना गोल गरे । २० खेलबाट ३९ अङ्कसहित स्पर्स लिगको पाँचौँ स्थानमा रहेको छ । बोर्नेमाउथ भने २५ अङ्कसहित १२ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन