क्रिकेट खेल्ने क्रममा हृदयघात, २२ वर्षीय युवकको मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेशस्थित खरगोन जिल्लामा क्रिकेट खेल्ने क्रममा एक युवकको हृदयाघातपछि मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार २२ वर्षीय युवा खेलाडी इन्दल सिंह जाधवको मृत्यु भएको हो । खेलको क्रममा बलिङ गर्दागर्दै उनले असहज महसुस गरेका थिए भने उपचारका लागि लैजाँदा बाटैमा मृत्यु भएको हो ।
स्थानीय अस्पतालका डाक्टर विकास तलवाडेका अनुसार ती युवकलाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो । युवकको हृदयाघातका कारण मृत्यु भएको र पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको चिकित्सकले बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार इन्डालले म्याचको क्रममा छाती दुखेको बताएका थिए र त्यसपछि उनी रुखमुनि केहीबेर आराम गरेर बसेका थिए ।
जब खेल समाप्त भयो, इन्डालले आफ्ना सहकर्मी खेलाडीहरूलाई अस्पतालमा लैजान आग्रह गरेका थिए। तर अस्पताल नपुग्दै इन्डालको बाटैमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता