आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रमुख निर्वाचन आयुक्त थपलियाको कविता कृति ‘गाउँ फर्कन्छु’ सार्वजनिक

आइतबार, १५ पुस २०८०, २१ : २६
आइतबार, १५ पुस २०८०

काठमाडौँ ।  प्रमुख निर्वाचन आयुक्त एवं स्रष्टा दिनेशकुमार  थपलियाको कविताकृति ‘गाउँ फर्कन्छु’ बजारमा आएको छ ।  साझा प्रकाशनबाट प्रकाशित उक्त कृतिमा उनका विसं २०४० देखि २०६३ सालसम्म रचिएका ३३ कविता समाविष्ट छन् ।

निजामती सेवामा लामो समय सेवा गरी  सरकारको सचिवबाट अवकाशप्राप्त थपलियाले आफ्ना अनुभव र भोगाइका आधारमा कविता, गीत र मुक्तक लेख्दै आएका छन् । उनका दर्जनौैँ गीत ‘रेकर्ड’ भएका छन् ।

अच्छाराई रसिक प्रतिष्ठानले शनिबार सुनसरीमा आयोजना गरेको कार्यक्रममा  वरिष्ठ साहित्यकार प्राडा टङ्क न्यौपानेबाट सो कृतिको विमोचन गरिएको छ । उनले थपलियाका कविताहरु युगबोधी भएको बताए ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र  मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले थपलियाको साहित्यिक व्यक्तित्व पनि उत्तिकै सक्रिय रहनु पाठकका लागि खुसीको विषय भएको बताए ।

कृतिमाथि समीक्षा गर्दै समालोचकद्वय डा.टीका आत्रेय र दीपक न्यौपानेले थपलियाका कवितामा जीवन र जगत्का भोगाइका साथै व्यङ्ग्यात्मक प्रस्तुतिसमेत पाइने र तिनले सामाजिक रुपान्तरणमा टेवा मिल्ने बताए । कार्यक्रममा कवि अनिल पौडेलले कविको चिनारी प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप