आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

इन्धनको मूल्य यथावत्

आइतबार, १५ पुस २०८०, २० : ४७
आइतबार, १५ पुस २०८०

काठमाडौँ । नेपाल आयल निगमले हालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।  निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ०.४१ ले वृद्धि भई आएको र डिजेलको मूल्यमा प्रति लिटर रु. ०.१२ ले घटेर आएको छ । त्यस्तै एल. पी. ग्यासको मूल्यमा प्रति सिलिन्डर रु. ०.२० ले घटेर आएको छ । निगमलाई हाल एलप ग्यासमा प्रति सिलिन्डर रु. ३००.४१ नोक्सानी रहेको छ ।

पेट्रोलियम पदार्थको हकमा निगमको डिपो / कार्यालयदेखि १५ किलोमिटर तथा एल. पी. ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि खुद्रा बिक्री मूल्य यथावत् रहेको छ ।

406911147_1444616199803102_4083619587777273468_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप