एक्लाएक्लै वीर हुने परिकल्पनाले ढेडु भइन्छ : अध्यक्ष सहयात्री

हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले एक्ला एक्लै वीर बन्ने परिकल्पनाले ढेडु भइने टिप्पणी गरेका छन् । गत शुक्रवार ललितपुरको बालकुमारीमा भएको घटनाका विषयलाई लिएर अध्यक्ष सहयात्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत समस्या समाधानका लागि नयाँ जेनेरेसनको राष्ट्रिय एकता र प्रतिबद्धता कायम गर्नु पर्ने बताएका हुन् ।
‘यही तालले नयाँ भइँदैन, नयाँ हुन नयाँ गरेर भइन्छ । नयाँ गर्ने पूर्ण तयारीका साथ पोजिसनमा पुगेपछि नयाँ हुन्छ । एक्ला एक्लै वीर हुने परिकल्पनाले ढेडु भइन्छ । तसर्थ नयाँ जेनेरेसनको नयाँ राष्ट्रिय एकता र प्रतिबद्धताको साझा गन्तव्य तय गरौँ’ उनले भने ।
उनले नयाँ जेनेरेसनको अपेक्षा पुरा गर्न नयाँ भएर मात्र नहुने भन्दै नयाँ बन्न सक्नुपर्ने बताए । उनले विपक्षीलाई गाली गरेर मात्र राजनीति नचल्ने भन्दै शव माथिको राजनीति गर्ने दलहरूको संस्कृतिलाई चुनौती दिन सद्भाव र सहकार्य तथा राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
उनी अघि लेख्छन्- ‘एउटा युवा रोजगारी खोज्दा गोली खानुपर्ने अवस्थाले हामी नीति निर्माण तहमा पुगेका हरेक दल र दलका नेतालाई लाज लाग्नुपर्ने हो । मलाई साँच्चिकै लाज लागेको छ । तर देशमा लासको राजनीति गर्ने र विपक्षीलाई विनष्ट गरेर मात्रै आफ्नो दलको राजनीति चल्छ भन्ठान्ने संस्कृतिलाई समेत चुनौती दिएर सद्भाव, सहकार्य र राष्ट्रिय एकतालाई नयाँ परिभाषा दिने दलको रूपमा नयाँ दलको उदयलाई हेर्ने फरक दल/बिचारमा भएका युवा नेता/कार्यकर्ता/नागरिकको झिनो सद्भाव समेत नष्ट गर्ने गरी यति छिट्टो, लासको, आँसुको, वैदेशिक रोजगारी हुनुलाई पुरै राजनीतिक अपराधीकरण गरेर भावना को फण्डा मार्फत राजनीति !’
युवाहरूको आवश्यकता माग र अहिलेको अवस्थालाई बदल्न नयाँ जेनेरेसनको बहस सुरु गर्नु पर्ने सहयात्रीको भनाई छ । राजनीतिक नेतृत्व, कर्मचारी संरचना, कानुनी समस्या, शैक्षिक जनशक्ति र सोच निर्माणको विकल्पका विषयमा एकता निर्माणको बहसको थालनी गर्नुपर्ने बताए ।
उनले लेखेका छन् ‘आउनुस् बरु ती युवाहरूको रगतलाई साक्षी राखेर बहस सुरु गरौँ नयाँ जेनेरेसनको । विकल्प के हो ? राजनीतिक नेतृत्वमा ?, कर्मचारी संरचनामा ? शैक्षिक जनशक्ति र सोच निर्माणमा ? कानुनी जन्जालमा ? के मा हो ? एकता निर्माण गर्ने बहसको थालनी गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पप सम्राट ओमविक्रम विष्ट अस्पताल भर्ना
-
स्ववियु निर्वाचन : आफ्नै प्रतिबद्धता बिर्सिएका विद्यार्थी संगठन, हार्ने कलेजमा तालाबन्दी
-
सुदूरपश्चिम प्रदेश, आर्मी क्लब र मधेस प्रदेशलाई जितका लागि सामान्य लक्ष्य
-
नागरिक लगानी कोषको रकम नागरिककै हितका लागि उपयोग गर्नुपर्छ : अर्थसचिव उपाध्याय
-
स्ववियु निर्वाचन : विवाद र समाधान
-
‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह विधेयकमा दफावार छलफल सुरु