नागरिकको अवस्था सुधार भए मात्र राजनीतिको अर्थ हुन्छ : मन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले अबको राजनीति नागरिकको जीवनस्तर सुधार तर्फ केन्द्रित हुनु पर्ने बताएका छन् । रोशी गाउँपालिका–६ को नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै मन्त्री लामाले जनताको जीवनस्तरमा सुधार भए मात्र राजनीति गरेको अर्थ हुने बताए ।
उनले काभ्रेका स्थानीयको शिक्षा, चेतनाको स्तर क्रमशः सुधार हुँदै गएको र आगामी योजनाहरू नागरिकको आर्थिक समृद्धिको लागि जीवनस्तर उठाउन केन्द्रित हुनुपर्ने बताए । पोटाखोला हुँदै घट्टेखोला सम्मको सडक कालोपत्र तत्काल गर्न र सिपाली हुँदै जाने सडक पनि प्रदेश सरकारमार्फत स्तरोन्नति गर्ने गरी पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभाका मुख्य सचेतक रत्नप्रसाद ढकालले सो क्षेत्रको विकासमा महत्त्वपूर्ण अर्थ राख्ने पोटाखोला–घट्टेखोलाबाट सिपाली हुँदै महाभारत जाने सडक निर्माणका लागि पहल गर्ने बताए । आगामी वर्ष सो सडक कालोपत्र गर्न प्रदेश सरकार समक्ष बजेट विनियोजनका लागि पहल गर्ने उनको भनाई छ ।
विकास निर्माणसँगै नागरिकहरूको सहज सेवा प्रवाहका लागि तीनै तहका सरकारको अग्रसर रहनु पर्ने उनले बताए । काभ्रेमा क्रमशः विकास हुँदै गएको भन्दै अब आर्थिक स्थिति सुधारका लागि आयआर्जनका काममा पनि जोड दिनुपर्ने उनले बताए ।
जिल्ला समन्वय समिति काभ्रेको लागत साझेदारीमा ५८ लाख रुपैयाँ खर्च गरेर रोशी–६ को कार्यालय भवन निर्माण सहित घेराबार गरिएको थियो । पहिलो स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिको पहिलो कार्यकालमा गाउँपालिकाको ६० प्रतिशत र जिल्ला समन्वय समितिको ४० प्रतिशत साझेदारीमा ३० लाख रुपैयाँको लागतमा २ तले भवनको पहिलो तला सम्पन्न भएको थियो । गत निर्वाचन पछि भने दोस्रो तलाको निर्माणका लागि २८ लाख रुपैयाँ खर्च गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई फिर्ता पठाउन किन सैन्य विमान प्रयोग गरिरहेको छ ?
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन
-
राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा
-
सांसदहरूको निचोड : अस्तव्यस्त देखियो, धेरै ठाउँका छोटी भन्सार बन्द गर्नुपर्छ
-
नेविसंघ शेखर समूहद्वारा स्ववियु तयारी विद्यार्थी भेला सम्पन्न
-
आवासीय चिकित्सकहरूको आन्दोलनमा विभिन्न संस्थाको ऐक्यबद्धता