राजनीति होइन राष्ट्रनीति गर्ने हो : डा.भण्डारी
हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले वर्तमान समयमा नेताहरुले राजनीतिका लागि राजनीति गरिरहेको बताएका छन् । आइतबार विपी विचार समाज मकवानपुरको आयोजना हेटौंडामा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका डा.भण्डारीले नेताहरुले राष्ट्रनीति गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा ‘युवा जनशक्तिको सुनिश्चित भविष्यको लागि राजनीतिक दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै डा.भण्डारीले समाजको आवश्यकता अनुसारको विकास र सुशासन नेताहरुले दिन नसकेको उनले बताए । विपीको नेतृत्वको पालामा जस्तो नेताहरुमा नैतिकता नरहेको बताए । उनले ४ आना जग्गाको लागि र्याल काड्ने प्रवृत्तिका कारण देशको अवस्था कमजोर बन्दै गएको बताए ।
‘राजनीतिका लागि मात्र राजनीति भइरहेको छ । नेताहरुले राजनीति छाडेर राष्ट्रनीति गर्नुपर्छ । अहिलेको नेताहरुलाई समाजले के खोजिरहेको छ भन्ने बारेमा थाहा नै छैन’ उनले भने, ‘विपीका समयमा नेताहरुमा अहिलेको जस्तो साँघुरो सोच थिएन । त्यस समयमा आफूसँग भएका स्रोतहरु देशका लागि खर्च गर्ने नेताहरु थिए । अहिलेको ४ आना जग्गाको लागि ¥याल काड्ने नेता त्यस समयमा थिएनन् । स्वार्थ र लोभका कारण देशको अवस्था कमजोर बनेको हो ।’
राजनीतिक दलका नेताहरुले पुरानो ढर्रा त्याग्नुपर्ने उनको भनाई छ । पद र प्रतिष्ठाका लागि मात्र नेताहरुले लुछाचुँडी छाडेर देश विकासको गतिमा अघि बढाउन र युवाहरुलाई आशा जगाउने कामहरु गर्नुपर्नेमा उनले जोड दिए । अहिले राजनीतिक दलका नेताहरु अपडेट हुन जरुरी रहेको समेत भण्डारीले बताए ।
समय र प्रविधिअनुसार सरकार र नेतृत्वकर्ताले काम गर्न नसक्दा युवाहरुमा चरम निराशा पैदा भएको उनले औल्याए । नेतृत्वको कमजोरीका कारण राजनीतिमा इमोशन दिन नसकेको उनको भनाई छ । नेपालको राजनीति नारायणगढ बुटवल खण्डको सडक जस्तै बनेको उनले टिप्पणी गरे ।
‘अब पाइलै पिच्छे नेताहरुलाई गलत गर्ने छुट छैन । लोकतान्त्रिक व्यवस्थाअनुसार प्रविधिको सदुपयोग गरेर विकास र समृद्धिका लागि काम गर्नुपर्छ । युवाको माग अनुसारको परिवर्तन दिनु अहिलेको नेतृत्वको चुनौतिको विषय हो । नेपाल नारायणगढ बुटवल सडक खण्डको सडक जस्तै बनेको छ । अहिले सो खण्डमा बाटो छ तर, गाडी चल्न सक्ने अवस्था छैन’ उनले भने ।
देशमा विश्वकै उत्कृष्ट संविधान कार्यान्वयन भएपनि सो अनुसार काम हुन नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा
-
लोप हुँदै तरबार नाच
-
ट्रम्पका सहयोगी गेट्जमाथि गम्भीर आरोप : कार्यालयभित्रै लागूऔषध सेवनदेखि नाबालिकको यौन शोषणसम्म
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म