राष्ट्रियसभा निर्वाचनका लागि १२ जना पत्रकारको नाम सिफारिस

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा निर्वाचनका लागि १२ जना पत्रकारलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । सो संगठनले अध्यक्ष माधवकुमार नेपालमार्फत गठबन्धनमा पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा क्रियाशील, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा संलग्न व्यक्तिहरूको उपस्थिति सुनिश्चित गर्न माग समेत गरेको अध्यक्ष विश्वमणि सुवेदीले बताए ।
अध्यक्ष सुवेदीका अनुसार संगठनले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा संगठनको तर्फबाट राष्ट्रियसभा सदस्य पदका लागि शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई, भरतराज पोखरेल, शीतल साह रहेका छन् । त्यसैगरी विश्वमणि सुवेदी, जीवन बिसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतिज्ञा बुढा मगरको नाम पनि सिफारिस भएका छन् ।
‘त्यसमध्ये जो कोही व्यक्ति र सङ्ख्या छनौट भए पनि हामीलाई मञ्जुर हुने छ’, अध्यक्ष सुवेदीले भनेका छन् ।
०४६ सालको संयुक्त जनआन्दोलनदेखि २०६२/६३ को दोस्रो जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको बहालीका निम्ति देशका पत्रकार तथा पेसाकर्मीले खेलेको भूमिकालाई स्मरण गर्दै प्रतिनिधिमूलक सदनका रूपमा राष्ट्रियसभालाई अगाडि बढाउनुपर्ने संगठनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले महासचिवको अभिव्यक्ति विवादमा : कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन् ?
-
‘मिडियाले निराशा बढाउने काम गर्न हुँदैन’
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
दुर्गा प्रसाईँको प्रहरीलाई छक्काउने योजना यसरी भयो विफल
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक