‘मध्यपश्चिम विश्वविद्यालयलाई इज्जतका साथ चलाउन खोज्दा घेराबन्दी भइरहेको छ’

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई इज्जतका साथ चलाउन खोज्दा आफूमाथि चारैतिरबाट घेराबन्दी गरिएको बताएका छन् । राजनीतिको आडमा आफूमाथि घेराबन्दी गरिएको उनको आरोप छ ।
आइतबार प्रश्न पत्र चुहावट सम्बन्धी कारबाहीको विषयमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति सिंहले विश्वविद्यालय राजनीतिको चङ्गुलमा फसिरहेको र आफूले त्यसबाट माथि उठाउन खोजेको बताए । पुस तीन गतेदेखि सञ्चालन हुने भनिएको स्कुल अफ इन्जिनियरिङ स्नातक तह छैटौँ सेमेस्टरको प्रश्न पत्र परीक्षा सञ्चालन हुनुभन्दा पहिला नै बाहिरिएको थियो ।
प्रश्न पत्र चुहावटको विषयमा छानबिन समिति समेत बनाइसकिएको छ भने परीक्षा स्थगित गरिएको छ । परीक्षा व्यवस्थापन कार्यालयबाट नै प्रश्न पत्र चुहावट भएको आशङ्का गरिएको छ ।
उपकुलपति सिंहले अहिलेसम्म ६ जना शंकाको घेरामा रहेको र उनीहरूमाथि छानबिन भइरहेको बताए । सिंहले जसरी भए पनि दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबी गरे ।
विश्वविद्यालयमा यस्ता खालका गतिविधि यसअघि पनि भइरहेको र आफू आएपछि त्यस्ता गतिविधि बन्द गरेको दाबी उनको छ । ‘म आए देखिनै विश्वविद्यालयलाई कडाइ गर्ने र सुधार गर्ने कोसिस गरिरहेको छु,’ उनले भने, ‘ तर, राजनीतिका नाममा ममाथि चारैतिरबाट घेराबन्दी भइरहेको छ ।’
परीक्षामा समेत राजनीति गर्ने काम भइरहेको बताउँदै सिंहले यस्तो खालको गतिविधिले शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यस्त खेल तालिकाबिच दक्षिण अफ्रिकी क्रिकेट टोलीका प्रमुख प्रशिक्षकको राजीनामा
-
दम्पतीबिच कलह : दुई महिना अघि बिहे, इन्डोनेसियामा हनिमुन, शारीरिक सम्बन्ध राख्न अस्वीकारदेखि घरमै धर्नासम्म
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबिच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर
-
प्रधानमन्त्री ओली र मोदीबिच शुक्रबार बैंककमा भेटघाट हुने
-
क्रिकेटमा अनु कडायतको छलाङ : क्यानको प्रशिक्षण क्याम्पमा सामेल
-
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार