ग्राउन्ड ह्याण्डलिङको मुद्दामा राष्ट्रिय सहमति चाहिन्छ : मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले नागरिक उड्ययन प्राधिकरणले चाहँदैमा ग्राउन्ड ह्याण्डलिङको सुविधा नेपाल वायु सेवा निगमसँग खोस्न नसक्ने बताएका छन् । राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमले शुरुदेखि नै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को भूमि व्यवस्था (ग्राउन्ड ह्याण्डलिङ) को सुविधा उपभोग गर्दै आएकोमा अहिले अकस्मात रोक्न नसकिने मन्त्री किरातीले बताए ।
‘ग्राउन्ड ह्याण्डलिङको विषय नागरिक उड्ययन प्राधिकरणको मात्र होइन । वायु सेवा निगमको पनि होइन’ मन्त्री किरातीले भने, ‘यो मुद्दा मन्त्रालयले मात्र गरेर पनि हुँदैन । यसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’ ग्राउन्ड ह्याण्डलिङको मुुद्दामा नेपाल नागरिक उड्यान प्राधिकरण र वायु सेवा निगमबीचको टकराबले नखोसिने पनि उनले स्पष्ट पारे ।
‘प्राधिकरणले चाह्यो अब ग्राउन्ड ह्याण्डलिङको अधिकार खोसिन्छ होइन । अहिले तत्काल कुनै पनि हालतमा वायु सेवा निगमसँग ग्राउन्ड ह्याण्डलिङको सुविधा खोसिँदैन ।’ मन्त्री किराती आफै नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका (बोर्ड) अध्यक्ष हुन् ।
प्राधिकरणले सफलतापूर्वक २४ वर्ष पुरा गरी २५ वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा आइतवार आयोजित कार्यक्रममा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ऐन बमोजिम नै टीआईएको ग्राउन्ड ह्याण्डलिङको ठेक्का प्रतिस्पर्धात्मक प्रणालीमा लैजान खोजेको बताए । यो घटनामा नेपाल वायु सेवा निगमलाई ग्राउन्ड ह्याण्डलिङको सुविधाबाट बञ्चित गर्न खोजिएको नभएर प्राधिकरणले निगमलाई पनि प्रतिस्पर्धामा जान प्रेरित गर्न खोजेको उनको भनाइ छ ।
‘कुनै छोराले दिनभरी क्यारम खेलेर पनि बेलुका भात खान पाउँछ भने उसले किन दुःख गर्ने ?’ प्रतिबिम्बात्मक प्रश्न गर्दै अधिकारीले अहिले निगमले ग्राउन्ड ह्याण्डलिङको सुविधाबाट नै कमाई खाइरहेको बताउँदै व्यवसाय गर्न उडान संख्या र सेवा विस्तार गर्नुपर्ने बताए । हाल वायु सेवा निगमले सम्हाल्दै आएको ग्राउन्ड ह्याण्डलिङ सेवाबाट निगमले वार्षिक करिब ५ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ । यो निमगको कूल आम्दानीको करिब १९ प्रतिशत हारहारीको हिस्सा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने