डीएभीले उपत्यकाव्यापी फुटसल प्रतियोगिता गर्दै, विजेतालाई ३ लाख पुरस्कार
आइतबार, १५ पुस २०८०, ०९ : ५९

ललितपुर । ललितपुरको जावलाखेलमा अवस्थित डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता गर्ने भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले आगामी माघ १३ गते प्रतियोगिता आयोजना गर्न लागेको हो ।
कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिमलाई रु. ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु. २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही रु. १५ हजार प्रदान गरिने जानकारी दिएको भनाइ छ । उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ३२ वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
-
आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति
-
कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे
-
अवैध रूपमा आयात गरेको एप्पल चामल सिल