ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु
शनिबार, १४ पुस २०८०, २० : ५७
सिन्धुली । सिन्धुलीमा ट्र्याक्टरको ठक्करबाट आज पाँच वर्षीय बालिकाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–५ मधुटारस्थित भित्री सडक खण्डमा सिलामेबाट सिन्धुलीमाढी बस पार्कतर्फ आउँदै गरेको ना ५ त ९५१० नं को ट्र्याक्टरले बाटो काट्दै गरेकी बालिका अरुणा श्रेष्ठ (निर्जला) लाई ठक्कर दिएको थियो ।
कमलामाई नगरपालिका–५ बस्ने २८ वर्षीय गोपी वाइवाले चलाएको उक्त ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी श्रेष्ठको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए । उनकाअनुसार बालिकालाई ठक्कर दिने ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक