कपिलवस्तुमा बस ट्रकसँग ठोक्कियो, एक जनाको मृत्यु

बुटवल । कपिलवस्तुमा बस ट्रकसँग ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
हेटौँडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किँदै गर्दा खेलाडी र प्रशिक्षक समेत गरेर ३३ जना सवार सुप प्र०१००१ ख ३३९२ नम्बरको बस र लु १ त ८६०८ नम्बरको ट्रक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी हरिबहादुर ओलीले दुर्घटनामा बसमा सवार धनगढी उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीय निता खड्काको मृत्यु भएको बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको हो ।
बसमा सवार उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, एलिसा खाती र सिर्जना बिसी घाइते भएका छन् । उनीहरूको बुटवलमा उपचार गरेर घर फर्किएका छन् । अन्य घाइते १० जना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन