मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

शनिबार, १४ पुस २०८०, १८ : ३७
शनिबार, १४ पुस २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका-२२ मटेरीयामा प्र.२-००३ त ६०८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति  दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय राजेश रामको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । 

उता रूपन्देहीको बुटवल उपमहानगरपालिका-१६ नरैनापुरमा लु.३ त २४५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार देवदह नगरपालिका-८ घर भई शुद्धोधन गाउँपालिका-५ मनपकडी बस्ने २० वर्षीय रोहित चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवारमध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने २ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-१ चोरखोलास्थित सडकमा लु.१ ख ८६०८ नम्बरको ट्रक र सु.प प्रदेश ०१-००१ ख ३३९२ नम्बरको बस एक-आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा बसमा सवार कैलाली धनगढी उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीया निता खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका बसमा सवार १२ जनाको सञ्जीवनी अस्पताल चन्द्रौटा र चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुबै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप