पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण
शनिबार, १४ पुस २०८०, १८ : १५
![पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण](https://npcdn.ratopati.com/media/news/gyaanendra-1_RJFnSpPHOa.jpg)
बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका–३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् ।
ज्ञानेन्द्रले शिवराजन नगरपालिकाकाद्धारा २५ लाखको लागतमा निर्माण गरिएको सालिकको शनिबार अनावरण गरेका हुन् ।
राप्रपाबाट मेयरमा निर्वाचित अजय थापाले त्यहाँ पृथ्वीनारायण शाहको सालिक निर्माण गरेका थिए । पूर्वराज शाहलाई जिल्लाको दोहनी, गैडाहवा, बहादुर गन्ज लगायतका स्थानमा समेत स्वागत गरिएको छ ।
यसअघि पूर्वराज शाहले खरैन्द्रपुरस्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ गरेका थिए । पूर्वराजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गरेका थिए । पूर्वराजालाई रुपन्देहीको भैरहवामा पुस १९ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि ‘फ्लड लाइड’ जडान
-
विपिन जोशीलाई छुटाउन प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट पहल गर्दा हुँदैन ?
-
आवासीय चिकित्सकहरूको आन्दोलनप्रति नेपालीज् स्टुडेन्ट एसोसिएसन बंगालादेशको ऐक्यबद्धता
-
कालीकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
‘डेब्यू’ खेलमै कप्तानको जिम्मेबारी पाउने भाग्यमानी क्रिकेटर !
-
कैलारीमा थेगिनको लापरबाही : सुर्मीनाला मोटरेबल पुल अलपत्र