बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

कहिले आउँछ मुन्ना भाइ-३ ? यसो भन्छन् हिरानी

शनिबार, १४ पुस २०८०, १७ : ४५
शनिबार, १४ पुस २०८०

मुम्बई । चलचित्र निर्माता राजुकमार हिरानीले सन् २००३ मा चलचित्र ‘मुन्ना भाइ एमबीबीएस’ मार्फत मुन्ना भाइ र सर्किट जस्ता प्रतिष्ठित पात्रहरू प्रस्तुत गरेका थिए। ३ वर्षपछि सन् २००६ मा फिल्म 'लगे रहो मुन्ना भाइ'को सिक्वेल रिलिज भयो र त्यो पनि सुपर डुपर हिट भयो। फिल्ममा मुन्ना र सर्किटले गान्धीगिरीले सबैको मन जितेका थिए ।

त्यसयता फिल्मको तेस्रो भागको चर्चा चलिरहेको छ । फ्यानहरू विगत १७ वर्षदेखि यस फ्रेन्चाइजीको तेस्रो भागको प्रतीक्षामा छन्। कयौँ पटक यो फिल्म सुरु हुन लागेको सुनिन्छ तर अहिलेसम्म यसको बारेमा कुनै आधिकारिक घोषणा गरिएको छैन ।

हालै एएनआईसँगको अन्तर्वार्तामा हिरानीले मुन्ना भाइ ३ को बारेमा कुरा गरेका छन् । निर्देशकले भने, 'मुन्ना भाइसँग मेरो संघर्ष सधैँ यो रह्यो कि पछिल्ला दुई फिल्म यति राम्रो बने । मसँग अझै ५ आधा लिखित स्क्रिप्टहरू छन्। अघिल्ला दुई फिल्मको स्तरमा पुग्न सकिएन भने तेस्रो फिल्म बनाउन सक्दिनँ भन्ने मलाई लाग्छ । मसँग एउटा कथा छ जसलाई बनाउन त सकिन्छ तर कतिपय कथा पुराना भइसकेका छन् । त्यसैले अब यो चलचित्र कहिले बन्ने समयले नै बताउला ।’

हिरानीले थपे, ‘म प्रायः सञ्जु (सञ्जय दत्त)सँग यस विषयमा कुरा गर्छु । अर्को भाग बनाउनुपर्ने उनको भनाइ छ । अब 'डिंकी' सकिएपछि पुराना कथाहरूको बाकस खोल्छु। मलाई अर्को मुन्ना भाइ बनाउन मन लागेको छ तर कहिले बन्ने हो थाहा छैन।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप