कृषि मन्त्रालयको तथ्याङ्क : नेपालमा आवश्यकताभन्दा धेरै मासु उत्पादन भयो

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालको आवश्यकताभन्दा बढी मासु उत्पादन भएको बताएको छ ।
संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिलाई मन्त्रालयले वितरण गरेको पशुजन्य उत्पादनको आंकडा अनुसार नेपालका लागि वार्षिक न्यूनतम ३ लाख ७९ हजार मेट्रिकटन मासु आवश्यक पर्ने भएपनि हाल ५ लाख ५ हजार मेट्रिकटन मासु उत्पादन भएको मन्त्रालयले जनाएको हो । यो परिणाम आर्थिक बर्ष २०७९–८० मा उत्पादन भएको मन्त्रालयको भनाई छ ।
अण्डा उत्पादन पनि नेपालीको आवश्यकता भन्दा बढी उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ । वार्षिक नेपालीका लागि न्यूनतम १ अर्ब ३५ करोड गोटा अण्डा आवश्यक भएपनि १ अर्ब ४१ करोड गोटा उत्पादन भएको छ ।
यस्तै नेपालीको वार्षिक दूध न्यूनतम आवश्यकता २५ लाख ९४ हजार मेट्रिक टन रहेकोमा २४ लाख ९८ हजार मेट्रिक टन उत्पादन भइरहेको छ ।
माछातर्फ नेपालीलाई १ लाख १० हजार मेट्रिक टन आवश्यक भएपनि १ लाख १४ हजार मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।
कृषि तथा पशु विकास मन्त्रालयका अनुसार वार्षिक प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्नेमा ८६ लिटर उपलब्धता रहेको, वार्षिक १४ किलो माछा मासु आवश्यक पर्नेमा हाल वार्षिक २१ किलो उपलब्धता भइरहेको र वार्षिक अण्डा ४८ गोटा आवश्यक पर्नेमा ४८ गोटा नै उपलब्धता हुने अवस्था रहेको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !
-
मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई लागेको आरोप के हो ?
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को
-
स्वार्थको खेलमा लेखा समिति ! आईपीओ निष्कासन अझै अन्योल