घरजग्गा मेलाले कारोबार चलायमान बनाउने लगानीकर्ताहरुको विश्वास
काठमाडौँ । आठौँ घरजग्गा मेलामा आएका अवलोकनकर्ता एवं लगानीकर्ताहरुले मेलाले घरजग्गाको कारोबार चलायमान बनाउन भूमिका खेलेको बताएका छन् ।
पौष १२ गतेदेखि सुरु सञ्चलन भएको मेला शनिबार तेस्रो दिन पनि चलिरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा कोरोना महामारीपछि पहिलोपटक सञ्चालन भएको मेलामा अवलोकन कर्ता एवं लगानीकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ । मेलाको अवलोकन गर्न आएकाहरुले केही वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार यस मेला चलायमान बनाउने अपेक्षा गरेको बताए ।
मेला अवलोकन गर्न आएका लगानी कर्ता एवं अवलोकन कर्ता चेतनारायण पौडेलले विगत चार वर्ष यता सुस्ताएको घर जग्गा कारोबार मेलामा पाएको उत्साहले फस्टाउने संकेत देखिएको बताए । उनले मेलामा मानिसहरु चलहपहल बढेको र मेलामा थोरै सम्पत्ति र आफ्नो जग्गामा पनि सुरक्षित आवास बनाउन सकिने जानकारी पाइने बताए । उनले रकम कम भएका लगानी कर्ताहरुले काठमाडौँ बाहिर पनि लगानी गर्नसक्ने वातावरण मेलामा रहेको बताए । उनले काठमाडौँ उपत्यका बाहिरबाट पनि स्टलहरु राखिएको र त्यसले पैसा कम भए थोरै लगानी उपत्यका बाहिर पनि गरिराख्न पाउने अवस्था रहेको बताए ।
त्यस्तै अवलोकन कर्ता नरेन्द्रबहादुर रेग्मी र रिता केसीले पनि जानकारी लिनका लागि विभिन्न ठाउँ भौँतारिरहनुपर्ने बाध्यता मेलामा आएपछि नहुने बताए । उनीहरुले मेलाबाट कुन ठाउँमा घरजग्गाको कारोबार कतिसम्म र कस्तो रहेछ भन्ने जानकारी पाउन सकिने बताए । उनीहरुले मेलामा आएपछि ब्रोकरबाट ठगिनुपर्ने बाध्यता नहुने र सिधै सम्बन्धित व्यक्तिहरुलाई भेट्न सकिने सुविधा रहेको बताए ।
त्यस्तै काभ्रेपलाञ्चोकबाट मेला अवलोकनका लागि आएका सुकुमान तामाङ आर्थिक मन्दीको बेलामा घरजग्गा व्यवसाय रहेकाले मेलाले आर्थिक अवस्था चलायमान बनाउन सहयोग पुग्ने बताए । उनले साना व्यवसायीहरुलाई पनि समेटेर आगामी दिनमा यस्ता मेलाहरु गर्दा झनै राम्रो हुने सुझाव दिए । त्यस्तै अर्का अवलोकन कर्ता नवराज भण्डारी सबै एकै ठाउँमा बुझ्न पाउँदा सहज भएको बताए । विभिन्न ठाउँमा भौँतारिनुपर्ने समस्या मेलाबाट समाधान हुने बताए । घरजग्गा मेलामा पुगेका ७६ वर्षका सूर्यभक्त श्रेष्ठले मेलामा सबै थोक भएपनि सानो र खालि ठाउँ धेरै भएको घर आफूले नपाएको गुनासो गरे । अरु हिसाबले भने सम्पूर्ण रुपमा मेला उपयोगी र फलदायी रहेको उनले बताए ।
आठौँ पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आआफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी छन् । घरजग्गा मेलामा युवादेखि वृद्धवृद्धाहरुको पनि उल्लेख्य उपस्थित र आकर्षण रहेको छ । घरजग्गा मेला १५ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता